१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए



फाईल फोटो
अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म ६ लाख ८२ हजार ३८६ जना नेपाली रोजगारीको लागि विदेश गएका छन् ।

जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीको खोजीमा विदेश गएका छन् । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । वैशाखमा ७० हजार व्यक्ति विदेशिएका थिए ।

गत आर्थिक वर्ष २०७९र८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो । चालु आव २०८०/८१ मा पनि साउनसम्म वैदेशिक रोजगारीमा जानेको संख्या साढे सात लाख पुग्ने देखिन्छ ।

वैदेशिक रोजगारीको लागि सबैभन्दा धेरै यूएई गएका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म यूएईका लागि १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । मलेसियामा भने ८७ हजार जना गएका छन् ।

जेठमा मात्र २० हजार ४२४ जना यूएई गएका छन् भने मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन् । यस्तै, कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।

पछिल्लो वर्षमा वैदेशिक रोजगारीको लागि युरोप जानेको संख्या पनि बढ्दै गएको ।जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन् ।