१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न



अ+ अ-

काठमाडौँ । सङ्घीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रुपमा काठमाडौँमा जारी तीन दिने ‘कनेक्टिङ कर्णाली’ प्रदर्शनी सम्पन्न भएको छ ।

मनघरी फाउण्डेशनको अग्रसरतामा यही असार १ गतेदेखि सुरु प्रदर्शनीमा शब्द, दृश्य, चित्र र उत्पादनमार्फत कर्णालीलाई काठमाडौँसँग जोड्ने अभियान सुरू गरिएको आयोजक एवं ‘कनेक्टिङ कर्णाली’ का परिकल्पनाकार भरतबन्धु थापाले बताउनुभयो ।

“हामीले कर्णालीका दश जिल्लाका विशेषतालाई प्रदर्शनीमा समेटेका छौँ । यसै महिनाबाट सुरू गरिएको अभियानमा दर्शकको राम्रै सहभागिता रह्यो । यस प्रदर्शनीले कर्णाली बुझ्न र चिन्न मद्दत ग¥यो भन्नेमा हामी विश्वस्त छौँ”, आयोजक थापाले भन्नुभयो ।

कर्णाली प्रदेशमा १० जिल्लाकै विशेषतालाई १० महिनासम्म प्रदर्शनी गर्ने अभियानको सुरुआत खस कला, संस्कृति र सम्पदाको खानी दैलेखबाट गरिएको र आगामी महिना डोल्पाको विशेषतालाई प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सबै वर्ग र उमेर समूहका व्यक्तिलाई प्रदर्शनीमा देखियो । उहाँहरूको कौतुहलतालाई प्रदर्शनीमा राखिएको तस्बिर र भिडियोले मेट्न सफल भएको छ ।” काठमाडौँको नयाँबानेश्वरस्थित एनबी सेन्टरमा सम्पन्न प्रदर्शनीमा ३२ वटा तस्बिर तथा पाँच वटा भिडियोहरू राखिएको थियो ।

साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायले उत्पादन गरेका सामग्रीमा पनि प्रदर्शनी हेर्न आउनेले चाख दिएका छन् । अभियान प्रत्येक महिनाको पहिलो शनिबारदेखि सुरु भई तीन दिनसम्म चल्ने छ । रासस