२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजु लामाले गरे सफलतापूर्वक सगरमाथा आरोहण



अ+ अ-

काठमाडौं । चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट गायक राजु लामाले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । गायक राजु लामासहितको २७ जनाको टोली सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका थिए । उनीहरु बिहान ६ बजेर ४० मिनेट जाँदा चुचुरोमा पुगेका हुन् ।

लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा सफलतापूर्वक चढेको इम्याजिन नेपाल एक्सपिडिसनले जनाएको हो ।

कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवद्र्ध्न गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन आफुले सगरमाथा आरोहण गर्न लागेको, र विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजनासहित गायक लामा सगरमाथा आरोहणमा निस्किएका थिए ।

जसअनुरुप गायक लामाले ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेर कीर्तिमान राखिसकेका छन् ।




भर्खरै