• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

मकवानपुरगढीः विदुरभन्दा दोर्जे लामा १५७३ मतले अगाडि



चुनावी प्रचारमा दोर्जे लामा

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १, २, ७ र ८ को मतगणनाको अन्तिम परिणाम आइसकेको छ जसमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको छ ।

गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा एमालेका अध्यक्ष उम्मेदवार विदुर हुमागाईं भन्दा १ हजार ५७३ मतले अगाडि रहनु भएको छ । उहाँले हालसम्म ३ हजार ५७९ मत प्राप्त गर्नु भएको छ भने हुमागाईंले २ हजार ६ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी मानकुमारी पाख्रिनले एमालेका उपाध्यक्षकी उम्मेदवार सन्तु थिङ्लाई १ हजार ३६० मतले पछि पार्नु भएको छ । पाख्रिनले ३ हजार २३६ मत प्राप्त गर्दा एमालेकी थिङले १ हजार ८७६ मत प्राप्त गर्नु भएको छ । अहिले वडा नम्वर ३ र ६ को मत गणना जारी छ ।