६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरगढीः विदुरभन्दा दोर्जे लामा १५७३ मतले अगाडि



चुनावी प्रचारमा दोर्जे लामा
अ+ अ-

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १, २, ७ र ८ को मतगणनाको अन्तिम परिणाम आइसकेको छ जसमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको छ ।

गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा एमालेका अध्यक्ष उम्मेदवार विदुर हुमागाईं भन्दा १ हजार ५७३ मतले अगाडि रहनु भएको छ । उहाँले हालसम्म ३ हजार ५७९ मत प्राप्त गर्नु भएको छ भने हुमागाईंले २ हजार ६ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी मानकुमारी पाख्रिनले एमालेका उपाध्यक्षकी उम्मेदवार सन्तु थिङ्लाई १ हजार ३६० मतले पछि पार्नु भएको छ । पाख्रिनले ३ हजार २३६ मत प्राप्त गर्दा एमालेकी थिङले १ हजार ८७६ मत प्राप्त गर्नु भएको छ । अहिले वडा नम्वर ३ र ६ को मत गणना जारी छ ।