• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

ललितपुर महानगरः दोब्बर मतान्तरले चिरीबाबु महर्जन अग्रस्थानमा



ललितपुर । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

पछिल्लो अपडेट अनुसार कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाउनुभएको छ ।

त्यस्तै ललितपुर महानगरपालिकाका उप-मेयर पदका नेकपा एमाले तर्फबाटका उम्मेदवार मञ्जली शाक्यले हालसम्म ४४४ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्दतर्फका उप-मेयर पदका उम्मेदवार बाबुराज बज्रचार्यले २६७ मत प्राप्त गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको कुल जनसंख्या २ लाख ९९ हजार ८४३ रहेको छ । जसमध्ये जम्मा एक लाख २२ हजार ९८० जना नागरिकहरु मात्र मत हाल्न योग्य रहेका छन् ।