एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ ।
शनिबार साँझ भएको खेलमा सिटीले चेल्सीलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो । सिटीको जितमा गाब्रियल जिजस नायक बने । उनले ५३ औं मिनेटमा गरेको गोल नै सिटीको जितका लागि निर्णायक गोल बन्यो ।
जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १३ अंक छ । यता तेस्रो स्थानमा रहेको चेल्सीको ६ खेलबाट १३ अंक छ ।