७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपनीको स्थगित निर्वाचन जेठ २ गते



अ+ अ-

सप्तरी । मतदानका क्रममा हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन जेठ २ गते हुने भएको छ । रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बसेको सर्वदलीय बैठकले स्थगित मतदान जेठ २ गते बिहान ७ बजेदेखि गर्ने निर्णय भएको निर्वाचन अधिकृत कुमार मास्केले बताउनुभयो ।

निर्वाचन अधिकृत मास्केको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, गणपति दुर्गाबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्का, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक नरेश साह, जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीसहित राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

शुक्रबार अपराह्न सवा ४ बजे वर्षाले रोकिएको मतदान पुनः सञ्चालन भएको केहीबेरमा साँझ साढे ६ बजे दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि उत्तेजित भीडलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । हवाई फायरले मतदाताहरु तितर बितर भएपछि शुक्रबार राति निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन स्थगित गरेको सूचना टाँस गरेको थियो ।