२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेसुंगा नगरपालिकाको प्रमुखमा कांग्रेसका पन्थी निर्वाचित



Nepali Congress
अ+ अ-

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ । उहाँ नेका गुल्मीका सभापति हुनुहुन्छ । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगर प्रमुखमा निर्वाचित हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर विजयी हुनु भएको छ ।

नगर प्रमुखका नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याउनु भएको थियो भने उपप्रमुखमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याउनु भयो ।

नगरपालिकामा २३ हजार ५३१ जना मतदाता रहेकोमा १६ हजार २३९ जनाले मतदान गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका १० वटामा नेपाली कांग्रेसका र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।