१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलान्टा र इन्टरले बराबरी खेले



अ+ अ-

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत साविक विजेता इन्टर मिलान एट्लान्टासँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा इन्टरले एट्लान्टासँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा लाउटरो मार्टिनेजले पाँचौं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ३० औं मिनेटमा रुस्लान मलिनोभास्कीले गोल गर्दै एट्लान्टालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३८ औं मिनेटमा राफायल टोलीले गोल गर्दै एट्लान्टालाई २-१ को स्थितीमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा एडिन जेकोले गोल गर्दै इन्टरलाई २-२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै इन्टरले ६ खेलमा १४ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । एट्लान्टा भने ११ अंकसहित पाँचौं स्थानमा रहेको छ ।