१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलान्टा र इन्टरले बराबरी खेले



अ+ अ-

एजेन्सी । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत साविक विजेता इन्टर मिलान एट्लान्टासँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा इन्टरले एट्लान्टासँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा लाउटरो मार्टिनेजले पाँचौं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ३० औं मिनेटमा रुस्लान मलिनोभास्कीले गोल गर्दै एट्लान्टालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३८ औं मिनेटमा राफायल टोलीले गोल गर्दै एट्लान्टालाई २-१ को स्थितीमा ल्याए । त्यसपछि खेलको ७१ औं मिनेटमा एडिन जेकोले गोल गर्दै इन्टरलाई २-२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै इन्टरले ६ खेलमा १४ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । एट्लान्टा भने ११ अंकसहित पाँचौं स्थानमा रहेको छ ।