१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता ?



अ+ अ-

काठमाडौंः शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम र रुझान प्राप्त हुन थालेका छन् । महानगरपालिकाहरुमा मतगणना शुरु नभइसकेको भए पनि अन्य स्थानका नगरपालिका र गाउँपालिकाहरुमा मतगणना जारी छन् ।

पछिल्ला विवरणहरुले नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) छ । नेकपा (एकीकृत समाजवादी) र अन्य दलको उपस्थिति नगण्य छ ।

प्राप्त विवरण अनुसार, बिहान ८.३० बजेसम्म नेपाली कांग्रेसले ३९ स्थानीय तहका मेयर र अध्यक्षमा अग्रता लिएको छ । दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ ।

तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले १७ स्थानमा अग्रता लिएको छ ।

एकीकृत समाजवादी, जसपा र अन्यले २-२ स्थानीय तहमा अग्रता लिएका छन् ।

उपप्रमुख र उपाध्यक्ष मध्येमा अग्रता लिनेमा पनि कांग्रेस नै अगाडि छ । कांग्रेसले ३४, माओवादी केन्द्रले १४, एमालेले १३, जसपाले ४ स्थानीय तहका उपप्रमुख र उपाध्यक्षमा अग्रता लिएका छन् । एकीकृत समाजवादी र अन्यले २-२ स्थानमा अग्रता लिएका छन् ।

हालसम्म नेकपा एमालेले २ र नेपाली कांग्रेसले १ स्थानमा विजय हासिल गरेका छन् ।