५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रारम्भिक मतगणनाः एमाले र गठबन्धनबीच प्रतिस्पर्धा



अ+ अ-

काठमाडौंः स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक विवरणहरु प्राप्त हुन थालेका छन् । यी विवरणले खासगरी नेकपा एमाले र पाँच दलीय गठबन्धनबीच मुख्य प्रतिस्पर्धा रहेको देखाएका छन् ।

हालसम्म मतगणना सकिएका मनाङ र मुस्ताङका तीनवटा गाउँपालिकामध्ये एमालेले दुई वटामा जितेर अग्रता लिएको छ । मनाङको चामे र मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेले जितेको छ ।

नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकामा बिजय हासिल गरेको छ ।

मतगणना जारी

मतगणना शुरु भएको एकमात्र उपमहानगरपालिका बुटवलमा गठबन्धनले अग्रता लिएको छ । महानगरपालिका र अन्य उपमहानगरपालिकामा गणना शुरु भएको छैन ।

धुलिखेल र जनकपुर नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले अग्रता लिइरहेका छन् भने बनेपा, सूर्यबिनायक, दमक, उर्लाबारी लगायतका नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजल्ला अमरगढी र गन्यापधुरामा कांग्रेसले अग्रता लिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी

गोरखा । गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी भएको छ । वडा अध्यक्ष हिक्मतबहादुर कुँवर ४९२ मत प्राप्त गर्दे बिजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ३७१ मत ल्याएका छन् ।

यस्तै मेयर उप मेयरमा नेपाली कांग्रेसको अग्रता छ । मेयरमा कांग्रेसको ४८३, उप मेयरमा ४९५ मत रहेको छ ।

मेयरमा माओवादी केन्द्रको ३८६, उप मेयरमा जसपाको २७३, एमालेको मेयरमा २५४ र उप मेयरमा २२७ मत रहेको छ ।

म्याग्देमा एमालेको अग्रता

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता बनाएको छ ।

६७९ मतगणना हुँदा एमालेका श्रीप्रसाद श्रेष्ठले ३२१, नेपाली कांग्रेसकी मायादेवी रानाले २३७ र माओवादी केन्द्रका दिलीप श्रेष्ठले ४५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरेले २८४, एमालेकी रत्ना घिमिरेले २६१ र माओवादीका दुर्गा थापाले ३७ मत प्राप्त गरेका छन् ।

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

नुवाकोट । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गर्नुभएको छ । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा ९एमाले०को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ ।