३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा पत्रकारमाथि दुव्र्यवहार, क्यामेरा फुटाइदिने कांग्रेस कार्यकर्ताको धम्की



अ+ अ-

भरतपुर । भरतपुर महानगरपालिकाको एक मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । भरतपुर–७ स्थित कृष्णपुर माविको मतदानस्थलमा सो महानगरका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गर्न लागेको मतदानको फोटो र भिडियो खिच्ने क्रममा कांग्रेस कार्यकर्ताले पत्रकारमाथि दुव्र्यवहार गरेका हुन् ।

नेपाली कांग्रेस भरतपुर–७ का सभापति विनोद ढकालको समूहले पत्रकारमाथि दुव्र्यवहार गर्दै भिडियो खिच्न अवरोध गरेको थियो । समूहले क्यामेरा फुटाउनेसम्मको धम्की दिएको थियो ।

वडा नं ७ का कांग्रेस सभापति ढकाल कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका भएको बताइएको छ । कांग्रेसबाट बागी उम्मेदवारी दिएका पौडेलले पनि सोही मतदान केन्द्रबाट मतदान गर्ने भएपछि त्यसको भिडियो र फोटो खिच्न पुगेका पत्रकारलाई ढकाल समूहले दुव्र्यवहार गरेको हो ।

सपाङ्ग बुबा आमाका तर्फबाट छोराले गरिदिए मतदान

भरतपुर महानगरपालिकाको सोही विद्यालयको ‘ग’ मतदान केन्द्रमा छोराले बुबा आमाको तर्फबाट मतदान गरेका छन् । भरतपुर–७ का वडासदस्य राजेन्द्र तामाङले आफ्नो बुबा आमा आफैँ हिँड्न र देख्न सक्ने भए पनि त्यस्तो गर्न नसक्ने भन्दै मतदान गरेका हुन् ।

बुबा आमासँगै मतदान केन्द्रमा पुगेका तामाङलाई सुरुमा दर्ता कार्यमा खटिएका कर्मचारीले अरुले मतदान गर्न नमिल्ने बताएका थिए । आफू जनप्रतिनिधि भएको र बुबाआमा हिँड्न र देख्न नसक्ने भन्दै आमासँगै मतपत्र लिएर बुथमा पुगेका थिए ।

उनले बुथमा मतपत्र भरे पनि मतपत्र भने आमा आफैँले मतपेटिकामा हालेकी थिइन् । मतपत्र भरेर निस्किँदै गर्दा मतदान अधिकृतले चिट फेला पारेर जफत गरेकी थिइन् । तामाङले पुनः आफ्नो बुबाको मतपत्र भरिदिए ।

चिट जफत गरेको भिडियो मिडियामा नल्याउन दबाव दिँदै मतदान अधिकृतले चिट चोर्न नमिल्ने भएरै आफूले जफत गरेको बताइन् ।

पाँच दलीय सत्ता गठबन्धनले चिट चोर्न सजिलो हुनेगरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमूना मतपत्र बनाएको थियो । सुरक्षाकर्मीले केही मतदाताको गोजीमा नमूना मतपत्रको चिट फेला परेपछि गेटमै च्यातेर फ्यालिदिएका थिए । यद्यपि केहीले भने भने लुकाएर लगेर चिट चोरेर मतदान गरेको बताइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले आँखा देख्न सक्ने र आफैँ हिँड्न सक्ने मतदाताले सहयोगी राख्न नपाउने भन्दै चिट चोरेर मतदान गरेको विषयमा सम्बन्धित मतदान केन्द्रमा बुझ्ने बताए ।