काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रसिद्ध भारतीय महिला अधिकार अभियन्ता‚ कवि एवं लेखक कमला भसिनको निधनको खबरबाट स्तब्ध भएको जनाउनु भएको छ ।
भसिनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरर्दै राष्ट्रपति भण्डारीले विशेषगरी दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि उहाँको योगदान चीरस्मरणीय रहने उल्लेख गर्नुभएको छ ।