२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा दुई मतदान अधिकृत कारबाहीमा



अ+ अ-

झापा जिल्ला निर्वाचन आयोगले झापाका दुई मतदान अधिकृतलाई कारवाही गरेको छ । कमल गाउँपालिका–६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्णलाई कारबाहीस्वरुप आयोगले फिर्ता बोलाएको छ ।

कर्णले बिहीबार एक उम्मेदवारलाई ८८ वटा मतदाता परिचयपत्र उपलब्ध गराएको बताइएको छ । सम्बन्धित व्यक्तिलाई मतदाता परिचयपत्र उपलब्ध गराउनुपर्नेमा उम्मेदवारलाई उपलब्ध गराएको भन्दै उनलाई कारबाही गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरेर मतदानस्थल पुगेका भन्दै झापा गाउँपालिका–६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेतलाई पन आयोगले कारबाही गरेको छ ।

झापा–६ शरणाामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ मा खटिएका सहायक मतदान अधिकृत बस्नेतले मादकपदार्थ सेवन गरेको भन्ने गुनासो आएपछि आयोगले उनलाई मतदानस्थलबाट हटाएको छ ।