६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चकलेटले बुढ्यौलीलाई सुस्त गराउँछ र जवान राख्छ, कसरी थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं । अत्यधिक गुलियो खानाले स्वास्थ्यलाई हानी पुर्याउने कुरा हामीमध्ये सबैलाई थाहा छ । तर यसको सन्तुलित सेवनले स्वास्थ्यलाई पुर्याउने फाइदाको बारेमा हामीमध्ये धेरैलाई थाहा नहोला । एक नयाँ सोधका अनुसार गुलियो व्यञ्जनले बुढ्यौलीलाई सुस्त गर्नुका साथै रक्त संचारलाई राम्रो बनाएर तपाईंलाई सधैँ खुसी राख्न मद्दत गर्दछ । चकलेटमा कोकोआ हुन्छ जसमा ‘फ्लावानल’ नामक एन्टिअक्सिडेन्ट हुने गर्दछ जसले रक्त संचार सुचारु गर्न सहयोग गर्दछ । चकलेटमा जति धेरै कोकाआ हुन्छ त्यति नै यो तपाईंको स्वास्थ्यको लागि फाइदा हुने गर्दछ ।

ब्रेन पावरः
वैज्ञानिकहरुका अनुसार तपाईं जति मात्रामा फ्लावानले भरिपूर्ण कोकाआको सेवन गर्नुहुन्छ तपाईंको मानसिक क्षमतामा त्यति नै धेरै वृद्धि हुने गर्दछ ।

बुढ्यौलीको गतिमा ह्रासः 
छालालाई तन्काउने खालको प्रोटिन कोकोआले भरपूर चकलेटमा पनि पाइने गर्दछ ।

खुसी बनाउँछः 
वैज्ञानिक पत्रिका न्यूट्रिशनल न्यूरोसाइन्सका अनुसार चकलेटले तपाईंको मुडलाई राम्रो बनाइराख्छ र यसले डिप्रेसनलाई पनि कम गर्ने गर्दछ ।

कोलेस्ट्रोलको कमीः
उच्च कोकोआयुक्त चकलेट खाँदा कोलेस्ट्रोल मात्र कम हुँदैन, यसले रक्तचाप पनि कम गर्ने गर्दछ ।

तौल घटाउँछः
एक अध्ययनका अनुसार चकलेटको सेवनले तौल बढाउने प्रकारको भोजनको इच्छामा कमी गरिदिन्छ जसले तपाईंको तौल नियन्त्रित हुने गर्दछ ।