३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्को वर्ष आईपीएलमा फर्कँदै डिभिलियर्स !



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आईपीएल २०२२ मा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेको छ । टोलीले हालसम्म १२ खेलमध्ये सात जितेको छ र १४ अंकसहित चौथो स्थानमा छ ।

आरसीबीका मुख्य ब्याट्सम्यान विराट कोहली भने खराब फर्मसँग लडिरहेका छन् । उनले १२ इनिङ्समा २१६ रन बनाएका छन् । जसमा एक मात्र अर्धशतक छ । टोली व्यवस्थापनको बाध्यतामा विराटले तेस्रो वा चौथो नम्बरको सट्टा ओपनिङ ओपन गर्नुपरेको छ ।

यस्तो अवस्थामा टोलीलाई मिडल अर्डरमा मिस्टर ३६० भनेर चिनिने पूर्व दिग्गज ब्याट्सम्यान एबी डिभिलियर्सको अभाव छ । डिभिलियर्सले गत सिजनपछि सबै प्रकारका क्रिकेटबाट सन्यास लिएका थिए ।

अब उनी फेरि लिगमा फर्किन सक्छन् । कोहलीले पनि यसबारे आशा व्यक्त गरेका छन् । उनले डिभिलियर्स बैंगलोरलाई कुनै भूमिकामा सामेल हुन सक्ने बताएका छन् ।

आरसीबीले गरेको पोस्टमार्फत कोहलीले भने, ‘म डिभिलियर्सलाई धेरै मिस गर्छु । म उहाँसँग लगातार कुरा गर्छु। डिभिलियर्स हालै अमेरिकामा आफ्नो परिवारसँग गल्फ खेलिरहेका थिए । उनले आरसीबीमा पनि नजर राखेका छन् र यो आशा छ कि अर्को वर्ष टोलीसँग कुनै भूमिकामा देखिनेछ ।’

यस क्रममा कोहलीले आफ्नो खराब फर्मको बारेमा पनि कुरा गरे । कोहली यो सिजन अहिलेसम्म तीन पटक शून्य रनमा आउट भएका छन् । तीनवटै डकआउट थिए । यसबारे कोहलीले भने– ‘मेरो करियरमा यसअघि कहिल्यै यस्तो भएको थिएन । त्यसैले बाहिर निस्केपछि मेरो अनुहारमा मुस्कान थियो । मैले यो खेलमा हेर्न चाहेको सबै कुरा देखेको जस्तो लाग्यो ।’

गत सिजनपछि कोहलीले कप्तानीबाट राजीनामा दिएका थिए । यसपछि फाफ डु प्लेसिसलाई आईपीएल २०२२ अघि कप्तान बनाइएको थियो । नयाँ कप्तानको बारेमा कोहलीले भने–  ‘मेरो र फाफबीच लामो समयदेखि राम्रो मित्रता रहेको छ । उनी दक्षिण अफ्रिकाको कप्तान हुनुअघिदेखि नै मेरो असल साथी थिए । फाफको आफूमा धेरै विश्वास छ र त्यही भावना मैदानमा पनि देखिन्छ ।’