२५ भाद्र २०८३, बिहीबार
,
Latest
सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताउनुभएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुग्नुभएका संयोजक दाहालले आज बिहान रासससँग कुरा गर्दै जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषय वातावरणीय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपालले यसलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताउनुभयो ।

“यो विषयमा म दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका बेला थुप्रै अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाए”, संयोजक दाहालले भन्नुभयो, “यतिबेला यस विषयमा अन्तरराष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ ।”

जलवायु परिवर्तनका कारण हिमाल तीव्र गतिमा पग्लिँदै जानु मानव अस्तित्वकै लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुहुँदै संयोजक दाहालले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई त्यसको प्रभाव क्रमशः मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा परिरहेको उल्लेख गर्नुभयो ।

भोटेकोशी नदीमा बाढी आएको तत्कालीन समयमा सरकारले अन्तरराष्ट्रिय समुदाय तथा सम्बन्धित क्षेत्रका विज्ञ र उद्धार टोलीको सहयोग लिएर सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो ।

सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गर्दै तत्काल खोजी तथा उद्धार गर्न सकेको भए धेरैको ज्यान जोगाउन सकिने अवस्था भए पनि सरकारले त्यो गर्न नसकेको उहाँको गुनासो थियो ।