२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनको दिशामा अघि बढेको छ। पार्टीले भदौ मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तालिका बनाएसँगै जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन्।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। अधिवेशन हुन बाँकी जिल्लाहरूले पनि निर्धारित तालिकाभित्रै अधिवेशन सम्पन्न गर्ने गरी मिति घोषणा गरेर तयारी तीव्र पारेका छन्।

आज बिहीबार बारा, दोलखा, कालिकोट र भोजपुरमा जिल्ला अधिवेशन हुँदैछ। बाँकी जिल्लामा पनि तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न गर्ने गरी पार्टी संगठन परिचालन र तयारीलाई अघि बढाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

जिल्ला अधिवेशन सम्पन्न भएसँगै राप्रपाले आगामी महाधिवेशनका लागि संगठनात्मक आधार तयार गर्ने प्रक्रियालाई गति दिएको छ।