• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक : शाहीद अफ्रिदी (भिडियोसहित)



काठमाडौं  ।  पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताउनुभएको छ । काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न  क्रिकेट कुटनीति आवश्यक रहेको बताउनुभयो ।

नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टोलीलाई नेपाली टीमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टीमलाई आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । आफूले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउने बताउनुभयो । अफ्रिदीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

  • नेपाल छोटो बसाई कस्तो भइरहेको छ? अनुभव कस्तो छ ?

म एकदमै खुसी छु । अहिले नेपालमा छु । क्रिकेटको कारण अहिले म नेपालमा छु । यो सँगै अर्को महत्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्ययमबाट सम्बन्ध जोडिएको छ । तीन दिनको बसाईको क्रममा नेपालीहरुमा क्रिकेट प्रतिको लगाव निकै पाएको छु । क्रिकेटसँगको लगाव सँगै सँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पाएको छु । मैले केही नेपाली खेल अधिकारीहरुलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु । म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु । जुनसुकै विषय होस, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैमा महत्वपूर्ण छ । यो प्रगाढ हुँदै जाओस् ।

  • तपाई त क्रिकेटर, नेपाली क्रिकेटलाई कसरी हेर्नु भएको छ, कसरी विश्लेषण गर्नु हुन्छ ?

नेपाली यु–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु । यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ । पछिल्लो खेल इपिएलमा मैले खेले, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दिप लामिछाने लगाएतको खेलाडीहरुको टोली क्षमतावान छ । उनीहरुले नेपाललाई विश्वमा कहि पनि चिनाउन सक्छन् । नेपाली क्रिकेट विकास गर्नका लागि तल्लो तह ग्राँसरुट देखी नै ध्यान दिनु पर्छ । सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ, खेलाडीहरुलाई सुविधा मिल्छ । सबै भन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेट प्रति सकारात्मक छ ।

  • नेपालको फ्रेन्चाईज लिगसँग जोडिनु भयो, तपाईलाई कुन विषयले जोडिन प्रेरित ग-यो ?

म एक व्यवसायिक खेलाडी भएको नाताले मैले क्रिकेटको बारेमा कुरा गर्छु । कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस भन्ने अपेक्षा राख्छ । क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो । पाकिस्तान आफ्ना मित्र राष्ट्र र छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ ।  हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ ।

भारतमा त क्रिकेटलाई धर्म जस्तै भइसकेको छ । क्रिकेटको माध्ययमबाट सम्बन्धहरुलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ । मलाई यस्तो लाग्छ । क्रिकेट कै माध्ययमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ । यस भन्दा अघि म नेपाल आएको थिइन, नेपाल देखेको पनि थिइन् । मेरो खुट्टामा समस्या हुँदा हुँदै पनि मैले नेपाल भ्रमण गरेको छु । क्रिकेटको माध्ययमबाट नेपालमा  रहेका क्रिकेट प्रेमीहरुसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ ।

  • पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिन सक्ने विषयहरु के के छन? कसरी जोडिन सक्छन?

दुई देशको राजनीति आफ्नो स्थानमा छ । क्रिकेटसँग क्रिकेट र क्रिकेट कुटनीति फरक छ । यो पनि एक प्रकारको राजनीति हो । यसबारेमा मेरो बुझाइ अलि फरक छ । यही क्रिेकटबाट जोडिन म नेपाल आएको हुँ । म यहाँ रहँदा जति पनि मानिसहरुसँग भेट भयो मेरो लागि अविश्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु । पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु । यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन् ।

  • तपाईले परिवार सहित फेरी नेपाल भ्रमण गर्ने भन्नु भएको छ । त्यस्तो के विषयले मोहित बनायो ?

यो भ्रमणमा मैले पुरै नेपाल राम्रो सँग घुम्न पाइन । छोटो भ्रमण छ । आज माउन्टेन फ्लाईट गएँ । सगरमाथा देखेँ । सँगै अन्य हिमालहरु हेरेँ । मेरो रोमाञ्चक अनुभव रह्यो । त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु । किन भने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुने छैन् । शहर भन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु । धन्यवाद ।