६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सय बालीका १८ हजारभन्दा बढी जात संरक्षण



अ+ अ-

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि जैविक विविधतालाई संरक्षण गर्न हालसम्म ३०० बालीका १८ हजारभन्दा बढी जातलाई संरक्षण गरेको छ । धान, मकै, गहुँलगायत बाली संरक्षण गरेको परिषद्ले रैथाने बालीको संरक्षण, संवद्र्धन, उपयोग तथा जातीय विकास गर्ने नीति अवलम्बन गरेको छ ।

बढ्दो खाद्यान्न तथा कृषिजन्य वस्तुको आयात र खाद्यन्न सुरक्षाका दृष्टिकोणले खाद्यान्न बालीको अनुसन्धानलाई प्राथमिकतामा राख्दै धान, मकै, गहुँ तथा आलुमा बढी उत्पादन दिने, जलवायु परिवर्तन अनकुलन, रोग, किरा अवरोधक विभिन्न नयाँ जातको बालीको विकास गरिएको परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारीले जानकारी दिनुभयो ।

धान, मकै र गहुँको क्षेत्रफल क्रमशः २६ र १९ प्रतिशतले वृद्धि भएको छ भने यी बालीको उत्पादनमा क्रमशः ६०, १२० र १४० प्रतिशतले वृद्धि भएको परिषद्ले जनाएको छ । मुलुकमा खेती गहुँको कूल क्षेत्रफलको ९४ प्रतिशत क्षेत्रफलमा परिषद्बाट विकसित भएका जात लगाउने गरिन्छ । यो जातीय परिवर्तनले मात्र मुलुकलाई करिब वार्षिक रु १७ अर्बको आर्थिक योगदान पुग्ने विश्वास गरिएको छ ।