७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन

राखेपका नवनियुक्त सदस्यको स्वागत

राखेपका नवनियुक्त सदस्यको स्वागत
अ+ अ-

काठमाडौं:राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतबार स्वागत गरेको छ । पुस ९ गते मन्त्री परिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उनीहरुलाई स्वागत गर्दै सदस्यमा नियुक्त भएकोमा बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । नन्दा र सुवर्ण सदस्यमा दोहोरिएका हुन् । नन्दा भने राखेप कार्यकारी समितिकी सदस्य पनि थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले कुनैपनि प्रतियोगिताको नियमित निरन्तरता अत्ति आवश्यक भएको बताउदै कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु पर्नेमा जोड दिए ।

सदस्य नन्दाले दोश्रोपटक नियुक्त हुँदा पुनः मूल घर फर्कको आभास भएको बताउदै विगतका कमीकमजोरीलाई सच्चयाउदै खेलकुदलाई नयाँ उचाईमा पु¥याउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सदस्य चन्दले नियुक्तले जिम्मेवारी थपिएको महसुश भएको बताउदै नेपाल तेक्वान्दो संघमा लामो समय काम गरेको अनुभवलाई समग्र खेल क्षेत्रको विकासमा लगाउने बताए ।

कार्यक्रममा राखेपका सदस्य अञ्जन धमला, अन्जना श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।