११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

हेलिकोप्टरबाट सुत्केरीको उद्धार
file photo
अ अ+ अ-

त्रिवेणी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकोप्टबाट उद्धार गरी सुर्खेत पठाइएको छ । एक सुत्केरी र एक गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो ।

आठबिसकोट–२ पाहाडाकी २४ वर्षीया धनमाया बुढा र वडा नं ३ खदीकी दीपा बोहरालाई नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएको आठबिसकोट नगरपालिकाका प्रवक्ता देवबहादुर घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दीपाले छोरीलाई जन्म दिइसकेपछि रक्तस्राव नरोकिएका कारण र गर्भवती बुढाको रक्तचापका कारण नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत पठाइएको हो ।

बिरामीको अवस्था गम्भीर भएपछि आठबिसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत गर्भवती तथा सुत्केरीको उद्धार गरिएको नगरपालिकाले जनाएको छ ।