१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

एनओसीलाई कारबाही गर्न लोकतान्त्रिक खेलकुद संघको माग

एनओसीलाई कारबाही गर्न लोकतान्त्रिक खेलकुद संघको माग
अ अ+ अ-

काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद संघले अवैधानिक ढंगले निर्वाचन भएको नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई कारबाही गर्न माग गरेको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले देश कानून नमान्ने जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेको छ ।

लोकतान्त्रिक खेलकुद संघले अदालत र देशको कानून नै लत्याउँदै एनओसीको निर्वाचन भएकाले कारबाही गर्नुपर्ने जनाएको हो । लोकतान्त्रिक खेलकुद संघका महासचिव दिपक गुरुङले नेपाली खेलकुदको कार्यकारी निकाय युवा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले अदालतको आदेशअनुरूप निर्वाचन नगर्न निर्देशन दिएपनि एनओसीले बेवास्ता गर्दै निर्वाचन गरेको बताए ।

राजनीति आडमा अदालतको आदेश नमान्ने नेपाल ओलम्पिक कमिटीलाई कडाभन्दा कडा कारबाही गर्न महासचिव गुरुङले माग राखेका छन् । साथै उनले आफ्नै संस्थाका सदस्य या आस्था राख्ने जो कोही पनि नेपाल ओलम्पिक कमिटीको उक्त हर्कतमा समावेश भएमा कारबाही हुने पनि विश्वास व्यक्त गरेका छन् ।

महासचिव गुुुरुङले आफ्नो संस्था र पाटीप्रति आस्था राख्ने केही व्यक्तिलाई निर्वाचनमा सहभागी नहुन चेतावनी दिए पनि अटेर गरेर ओलम्पिकको गलत काममा सहभागी भएको बताए ।

लोकतान्त्रिक संघका उपाध्यक्ष बिजेन्द्र हमाल नेपाली खेलकुदमा देखिएको विकृती र विसंगतिप्रति नेपाल लोकतान्त्रिक खेलकुद संघ सचेत र सजग रहेको बताए । हमालले नेपाली खेलकुदको नेतृत्व गर्ने संघहरुको साझा संस्था नेपाल ओलम्पिक कमिटीले पटकपटक नेपालको कानुन लत्याउने काम गरेको आरोप लगाए ।

नेपाल रग्बी संघसहित चार खेल संघले सदस्यता प्राप्तिका लागि नेपाल ओलम्पिक कमिटीविरुद्ध अदालत उच्च पाटनमा रिट दायर गरेको थियो । उक्त रिट निवेदनमा उपर अदालतले विचाराधीन अवस्थामा कुनै कार्य नगर्नु नगराउन र यथास्थितीमा राख्न आदेश दिएको थियो ।

साथै कमलबहादुर चित्रकारले सर्वोच्च अदालतमा दिएको निवेदन उपर कार्यवाही भई नेपाल ओलम्पिक कमिटीको नाममा जारी आदेश तथा गत पुस १३ गते हुने भनिएको निर्वाचनलगायत गतिविधि नगर्न अदालतको आदेश भएपनि त्यसलाई लत्याउने काम भएको लोकतान्त्रिक खेलकुद संघले जनाएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले अदालतको अपहेना मुद्दामा नेपालका खेलकुद संघहरूलाई पनि कडाभन्दा कडा कारवाही गर्न सरकारलाई आह्वान गरेको छ । लोकतान्त्रिक संघले खेलकुद मन्त्रालय र राखेपले कारबाही नगरे आफूहरूले अन्य दबाबपूर्ण कार्यक्रम राख्ने बताए ।