७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सय बालीका १८ हजारभन्दा बढी जात संरक्षण



अ+ अ-

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि जैविक विविधतालाई संरक्षण गर्न हालसम्म ३०० बालीका १८ हजारभन्दा बढी जातलाई संरक्षण गरेको छ । धान, मकै, गहुँलगायत बाली संरक्षण गरेको परिषद्ले रैथाने बालीको संरक्षण, संवद्र्धन, उपयोग तथा जातीय विकास गर्ने नीति अवलम्बन गरेको छ ।

बढ्दो खाद्यान्न तथा कृषिजन्य वस्तुको आयात र खाद्यन्न सुरक्षाका दृष्टिकोणले खाद्यान्न बालीको अनुसन्धानलाई प्राथमिकतामा राख्दै धान, मकै, गहुँ तथा आलुमा बढी उत्पादन दिने, जलवायु परिवर्तन अनकुलन, रोग, किरा अवरोधक विभिन्न नयाँ जातको बालीको विकास गरिएको परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारीले जानकारी दिनुभयो ।

धान, मकै र गहुँको क्षेत्रफल क्रमशः २६ र १९ प्रतिशतले वृद्धि भएको छ भने यी बालीको उत्पादनमा क्रमशः ६०, १२० र १४० प्रतिशतले वृद्धि भएको परिषद्ले जनाएको छ । मुलुकमा खेती गहुँको कूल क्षेत्रफलको ९४ प्रतिशत क्षेत्रफलमा परिषद्बाट विकसित भएका जात लगाउने गरिन्छ । यो जातीय परिवर्तनले मात्र मुलुकलाई करिब वार्षिक रु १७ अर्बको आर्थिक योगदान पुग्ने विश्वास गरिएको छ ।