५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सामग्री लिन कर्मचारीको भीड,व्यवस्थापन मिलाउन नसक्दा हैरानी-फोटो फिचर



अ+ अ-

पोखरा । स्थानीय तह निर्वाचनको लागि व्यवस्थापन मिलाउन नसक्दा कास्कीमा कर्मचारीहरुको भीड लागेको छ ।

कर्मचारीहरु स्थानीय तहको निर्वाचनका लागि चाहिने सामग्री लिने क्रममा कर्मचारी कम भएकाले व्यवस्थापन गर्न नसकिएको कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानमा खटिन शुरु गरेको पनि बताउनु भयो । बुधवारसम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने जनाइएको छ ।

निर्वाचनका लागि खटिएका कर्मचारीहरुले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सील, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेको पनि उहाँले बताउनु भयो । निर्वाचन सामग्री लिनका लागि पोखराको मुस्ताङ चोकस्थित जिल्ला निर्वाचन कार्यालय र शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीको दिनभर भीड लागेको थियो । उहाँले निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गर्न नजानेको बताउनु भयो । उहाँले सानो पालिकामा पनि ८ जना कर्मचारी र ठूला महानगरपालिकामा पनि बराबर नै कर्मचारी पठाउँदा काम व्यवस्थापन राम्रो हुन नसकेको भन्दै असन्तोष व्यक्त गर्नुभयो ।

त्यस्तै प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिव २० हजार जना कर्मचारी परिचालित भएको बताउनु भयो । उहाँले प्रदेशका कुल १ हजार २ सय ५३ सय मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो । गण्डकीमा पोखरा महानगरपालिकासहित २६ नगरपालिका, ५८ गाउँपालिका, ७ सय ५९ वडा रहेका छन् । गण्डकी प्रदेशमा करिव १८ लाख मतदाता रहेका छन् ।

कास्कीमा पोखरा महानगरसहित रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिका छन् । पोखरा महानगरमाभित्र ३३ वडा छन् । कास्कीमा ७२ वडा र ५ पालिकामा ३ सय ७० जना जनप्रतिनिधि चुनिनेछन् । ५ स्थानीय तह रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । त्यस्तै १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । पोखरा महानगरपालिकाको मेयरमा मात्र २८ जनाको उम्मेदवारी छ । उपमेयरमा ११ जनाले मनोनयन दर्ता गराएका छन् । २०७४ सालमा भएको स्थानीय चुनावमा पोखराको मेयरमा १६ जनाको उम्मेदवारी परेको थियो ।