• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

आईपीएलः गुजरात प्लेअफमा पुग्ने पहिलो टोली



एजेन्सी । आईपीएल २०२२ को ५७ औं खेलमा गुजरात टाइटन्स विजयी भएको छ । पुणेको एमसीए स्टेडियममा भएको खेलमा गुजरातको टोलीले लखनउ सुपर जाइन्ट्सलाई एकतर्फी शैलीमा ६२ रनको ठूलो अन्तरले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको गुजरातको टोलीले १४४ रन बनाएको थियो भने लखनउको टोली ८२ रनमा अलआउट भयो ।

यो जितसँगै गुजरात टाइटन्स फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ र प्लेअफमा पुग्ने पहिलो टोली पनि बनेको छ ।

गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउको सुरुवात निकै खराब रह्यो । लखनउको टोलीले यश दयाल र मोहम्मद शमीको तीव्र बलिङका अगाडि ३३ रनको स्कोरमा शीर्ष तीन विकेट गुमाएको थियो ।

त्यसपछि दीपक हुड्डा र कृणाल पाण्ड्याले टोलीलाई सुरुवाती झट्काबाट जोगाउने प्रयास गरे तर आफ्नो पहिलो खेल खेल्दै आएका राशिद खान र साई किशोरले लखनउको मिडल अर्डरलाई एक एक गरेर तोडे । उनीहरूले ३५ बल बलिङ गरे र ३१ रनमा ६ खेलाडीलाई आउट गरे ।

लखनउका तर्फबाट कुनै पनि ब्याटिङ धेरैबेर क्रिजमा टिक्न सकेनन् । लखनउका तर्फबाट हुड्डाले २७ रन बनाए । उनी बाहेक आठ खेलाडीले दशौं अंक छुन सकेनन् । गुजरातका लागि राशिद खानले सर्वाधिक ४ विकेट लिए । साई किशोरले ७ रन दिएर दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको गुजरात टाइटन्सको सुरुवात खराब रह्यो । तेस्रो ओभरमा ऋद्धिमान साहा पाँच रन बनाएर पेभिलियन फर्किए । यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेडले सुरुमा दुई चौका प्रहार गर्दै इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे तर उनले पनि १० रन जोड्ने क्रममा उनलाई पहिलो ओभरमै आवेश खानले पेभिलियनको बाटो देखाए । कप्तान हार्दिक पाण्ड्याले पनि खासै केही गर्न सकेनन् र सुस्त पारी खेल्दै ११ रनमा आउट भए ।

५१ रनको स्कोरमा तीन विकेट गुमाएपछि गुजरातको टोली समस्यामा परेको थियो । तर शुबमान गिल र डेभिड मिलरले मिलेर इनिङ्सलाई सम्हाले र चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । यस अवधिमा गिलले ४२ बलमा अर्धशतक पूरा गरे । अर्कोतर्फ, मिलर १६ औं ओभरमा २४ बलमा २६ रन बनाएर आउट भए ।

यसपछि गिल र राहुल तेवातियाले अन्तिम ओभरमा टोलीलाई १४४ रनमा पुर्याए । तेवातियाले होल्डरको अन्तिम ओभरमा तीन चौका सहित १६ रन बनाए । गिलले ४९ बलमा ६३ र राहुल तेवातियाले १६ बलमा २२ रन बनाएर अविजित रहे ।