७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको दिन काठमाडौंका यी ३ वटा रुट भएर बस चल्ने



अ+ अ-

काठमाडौं । वैशाख ३० गते देशभर हुन गइरहेको स्थानीय तहको निर्वाचनको दिन पर्यटकको सेवा र सुविधाका लागि काठमाडौंमा ३ वटा रुट भएर बस चल्ने भएको छ।

निर्वाचनको दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । उक्र दिन नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गरी बस सञ्चालन हुने भएको हो ।

यी हुन रूटहरू

रुट १ : एअरपोर्ट–एनएसी–होटेल अन्नपूर्ण–होटेल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटेल –एम्बासडर होटेल –एअरपोर्ट ।

रुट २ : एअरपोर्ट–होटेल र्याडिशन–सांग्रिला होटेल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटेल द्धारिका–एअरपोर्ट ।

रुट ३ : एअरपोर्ट– तीनकुने चोक–होटेल एभरेष्ट–माइतिघर चोक–होटेल हिमालयन–होटेल सोल्टी–ग्रान्ड होटेल –एअरपोर्ट ।

पर्यटकको आवत–जावतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटेल तथा होटेलदेखि विमानस्थलसम्म सशुल्क सटल बस सेवा (प्रति व्यक्ति ३ सय ) सञ्चालनको व्यवस्था मिलाइएको हो । उक्त शुल्क भने सेवा दिँदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने छन् ।