२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैदान भिजेको कारण काठमाडौं र विराटनगरबीचको खेल स्थगित



अ+ अ-

काठमाडौं । आज हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल स्थगित भएको छ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) यतिबेला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भईरहेको छ ।

आज हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल भने मैदान तयार नभएकोले स्थगित भएको हो । खेल टस नै नभई स्थगित भएको हो । अघिल्लो दिनको वर्षाका कारण स्थगित भएको खेल आजलाई निर्धारण गरिएको थियो तर आज सम्म पनि मैदान भिजेकोले खेल हुन सकेन् ।

आजको लागि निर्धारण गरिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल ९ः३० मा सुरु हुनुपर्ने थियो । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको थियो । विराटनगर भने पहिलो खेलमा चितवनसँग पराजित भएको थियो ।