काठमाडौं । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी आज स्वदेश (पाकिस्तान) फर्कदै छन् । योसंगै एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौंथो संस्करणमा अफ्रिदीको ब्याटिङ हेर्ने मौका दर्शकहरुले गुमाएका छन् । (ईपीएल) को चौंथो संस्करणमा सुरुआती दुई खेलमात्रै खेल्नेगरी नेपाल आएका अफ्रिदी आफ्नो फाउन्डेसनको व्यस्तताका कारण पाकिस्तान फर्कन लागेका हुन् ।
उनले किङ्स ११ काठमाडौंबाट गत शनिबार पहिलो म्याच खेलेका थिए । सन्दीप लामिछानेको कप्तानीमा भएको सो खेलमा काठमाडौले साविक विजेता ललितपुर प्याट्रिओट्समाथि ७ विकेटको शानदार जित समेत निकाल्न सफल भयो ।
तर आज हुने भनिएको विराटनगर वारियर्सविरुद्धको काठमाडौंको दोस्रो खेल मैदान चिसो भएका कारण स्थगित गरियो । ईपीएलको चौंथो संस्करणमा अफ्रिदीको आज अन्तिम खेल रहेको थियो ।