२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी आज स्वदेश फर्कदै



अ+ अ-

काठमाडौं । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी आज स्वदेश (पाकिस्तान) फर्कदै छन् । योसंगै एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौंथो संस्करणमा अफ्रिदीको ब्याटिङ हेर्ने मौका दर्शकहरुले गुमाएका छन् । (ईपीएल) को चौंथो संस्करणमा सुरुआती दुई खेलमात्रै खेल्नेगरी नेपाल आएका अफ्रिदी आफ्नो फाउन्डेसनको व्यस्तताका कारण पाकिस्तान फर्कन लागेका हुन् ।

उनले किङ्स ११ काठमाडौंबाट गत शनिबार पहिलो म्याच खेलेका थिए । सन्दीप लामिछानेको कप्तानीमा भएको सो खेलमा काठमाडौले साविक विजेता ललितपुर प्याट्रिओट्समाथि ७ विकेटको शानदार जित समेत निकाल्न सफल भयो ।

तर आज हुने भनिएको विराटनगर वारियर्सविरुद्धको काठमाडौंको दोस्रो खेल मैदान चिसो भएका कारण स्थगित गरियो । ईपीएलको चौंथो संस्करणमा अफ्रिदीको आज अन्तिम खेल रहेको थियो ।