काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडान गरेको कल साइन नाइन एन९एएनआई, उडान संख्या यु ४ ७०१ ०को बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखियो । विराटनगरमा बिमानस्थलमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि चालक आङ्गेलो शेर्पाले बिमानलाई फेरी उचाई तिर लगे ।
अबतरण गर्न ठिक्क परेको परेको बिमान फेरी उचाईमा पुगेपछि बिमानभित्र रहेका यात्रुहरु अतालिए । वयष्क ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बिमानकाठमाडौंमा फर्कियो तर यहाँ पनि सहज रुपमा अबतरण नभएपछि त यात्रुहरुको सात्तो नै गयो ।
त्यस बेला सम्म यात्रुलाई प्राविधिक समस्याका विषयमा जानकारी गराइएको थियो । काठमाडौं फकिएको जहाज आकाशमा होल्ड गर्दे करिब दुई घण्टा आकाशमा फन्को लगायो । र साढे १० बजे मात्रै त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भयो ।
बिमानलाई आपतकालीन अबतरण गराउनका लागि विमानस्थलमा फर्म बिछ्याउने, एम्बुलेन्स र दमकल तयार पार्ने तयार भै सकेको थियो । काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएपछि जहाज सामान्य अवतरण भयो । यात्रुहरुले पुनः जीबन पाएको अनुभूति गरे ।
यो पनि पढ्नुहोस्:










