• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

चिसो मैदानका कारण खेल अवधि घटाइयो, नेपालले पहिला फिल्डिङ गर्ने



काठमाडौँ । चिसो मैदानका कारण नेपाल र जिम्बावे ए बीचको एकदिवसीय शृङ्खलाको अन्तिम खेल ३३ ओभरमा झारिएको छ । मैदान चिसो भएपछि ढिलो समयमा टस नहुँदा खेलको ओभर घटाइएको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

नेपालले शृङ्खलाको पहिलो खेलमा ३ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा जिम्बावे ए लाई ९ विकेटले पराजित गरेको थियो ।