२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्दराज जोशीका छोरा दीपकराज व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवार, को हुन् उनी ?



अ+ अ-

दमौली। नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवस्था नबने स्वतन्त्र उम्मेदवार बन्ने जोशीले बताउनुभयो । निजी क्षेत्रको अनलाइन संचार माध्यम अनलाइनखबरसँग प्रतिक्रिया दिँदै जोशिले भन्नुभयो, “व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बन्छु । कांग्रेसले उम्मेदवार नबनाए स्वतन्त्र उम्मेदवार बन्छु ।’

१९९७ मा अमेरिका अध्ययनका लागि गएका उहाँ १७ वर्ष त्यहाँ बसेर फर्किनु भएको छ । टेलिकम्युनिकेशन इन्जिनियर जोशी काठमाडौंमा एक निजी कलेजमा आवद्ध हुनुहुन्छ । जनताको समस्या र त्यसको समाधान गर्ने भिजन भएकाले नै मेयरमा उम्मेदवार बन्न लागेको दीपकराजको भनाई छ ।

कांग्रेसमा सुधारको खाँचो रहेको पनि उहाँको भनाई छ ।  ‘मलाई पार्टीले नै उम्मेदवार बनाओस् भन्ने चाहना हो,’ जोशीले भन्नुभयो, ‘नचलेको पसल लिएर सुधार्न खोजेको हुँ । कांग्रेसले उम्मेदवार नबनाए पनि म पछि हट्दिनँ ।’

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । पौडेलका कारण कांग्रेसप्रति वितृष्णा जागेका कार्यकर्तालाई आफूतिर तान्न सकिने उहाँको आँकलन छ ।

निर्वाचनमा विजयी हुनेमा आशावादी देखिएका जोशीले पराजित भए पनि तनहुँमै सेवा गर्ने बताउनुभयो ।

व्यास नगरपालिकामा गत निर्वाचनमा नेता रामचन्द्र पौडेल निकट बैकुण्ठ न्यौपाने विजयी हुनु भएको थियो ।