• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसको विरोधकाबीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त ★   प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछ: विष्णुप्रसाद पौडेल ★   काँग्रेसलाई प्रधानमन्त्रीको चेतावनी: विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ ★   दमौलीमा आगलागी: क्षतिको विवरण सङ्कलन गरिँदै ★   कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री ★   काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहालको विश्वास मत माग्ने प्रक्रिया शुरु ★   बालेनले सार्वजनिक गरे गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिने खोज्नेहरुको नाम ★   कांग्रेसको अवरोधले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा अनिश्चित ★   आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली ★   सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

मेगा बैंकद्वारा झापामा किसानहरुलाई मेगा किसान कार्ड वितरण



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा.लि. संगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो । सो अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । 

कार्यक्रमममा मेगा बैंकको माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर १ का प्रदेश प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक दमक शाखाका प्रमुख मोहनप्रसाद अर्याल लगायतले कृषकहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकिङ्ग सेवा सुविधाहरु बचत, ऋण, रेमिटान्स, बचत गर्ने उपायहरु, बचत तथा ऋणको महत्वकोे बारेमा प्रकाश पार्नुभयो ।

नेपाल कृषिप्रधान देश भएतापनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरामा जोड दिँदै उहाँहरुले कृषकहरुले उठाएका जिज्ञासा एवं सवालहरुको समाधान गर्नुभएको थियो । 

हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले हिमशिखर एग्रोसँग आवद्ध ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।

साथै, मेगा बैंकले कृषकहरुलाई बैंकको किसान क्रेडिट कार्ड उपलब्ध गराउदै आएको छ । किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन् । किसान क्रेडिट कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो अत्यााधुनिक सेवा हो, जसले गर्दा किसानहरुलाई बैंकिङ्ग कारोबार गर्न सहज र सरल भएको छ ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरे लगायतको उपस्थिति थियो ।