९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाँतमा किरा लागेर दुखाई भए यस्तो छ उपाय



अ+ अ-

काठमाडौं । दाँतमा प्वाल पर्नुको खास कारण दाँतमा किरा लाग्नु नै हो । दाँत दुरुस्त भयो भने त्यसले सुस्वास्थ्यको संकेत गर्छ। दाँतको राम्रो ध्यान दिइएन भने ती कुहिमुका साथै किरा लाग्न थाल्दछ । यस्तो अवस्थामा मुखमा अड्केका खानेकुराहरू मुखका ब्याक्टेरियाको सहायतामा एसिडमा परिणत हुन्छन्। यसले दाँतमा प्वाल बनाउँछ। प्राय हामी आज भोलि क्याभीटि भनेर बुज्छौ, यही प्वाललाई अंग्रेजीमा क्याभिटी भनिन्छ।

क्याभिटी बन्ने र त्यसलाई उपचार गर्ने साँचो हाम्रै हातमा छ। हामीले अस्वस्थ खाना पूरै छोडेमा मात्र दाँतमा प्वाल बन्न पाउँदैन । खाना खाएपछि ब्रश गर्ने, कुल्ला गर्ने गरिरहनुपर्छ। अनि लगातार दाँत दुख्यो वा झमझम भयो भने तत्कालै दन्तचिकित्सकको सल्लाह लिनुपर्छ ।

तर यहाँ केही घरेलु उपाय पनि सुझाइएको छ जसले क्याभिटीबाट मुक्ति दिन्छ । हुन त दाँतका जटिल समस्याका लागि दन्तचिकित्सककहाँ नै पुग्नुपर्छ तर यहाँ बताइएका केही उपाय अपनाउँदा दाँतमा प्वाल बन्न पाउँदैन। चिनीको मात्रा घटाउनुस् । चिनीमा धेरै एसिड हुन्छ र यसले प्लाक बनाउँछ जसका कारण दाँतमा प्वाल पर्छ।

नरिवलको तेलले दाँत कुल्ला गर्दा पनि धेरैथरी समस्या समाधान हुन्छन् । प्वाल पनि यही कुल्लाले ठीक गर्छ । दिनको कम्तीमा पाँच मिनेट कुल्ला गर्नुस् । अझ, खाली पेटमा कुल्ला गर्नुभयो भने झन् प्रभावकारी हुन्छ तातोपानीमा नून हालेर कुल्ला गर्दा पनि प्वाल टालिन्छ । प्रत्येक रात कुल्ला गर्नुभयो भने थप राम्रो परिणाम आउँछ।

भ्यानिला इसेन्समा थोरै मात्रामा अल्कोहल हुन्छ जसले प्राकृतिक रूपमा पीडा शमन गर्छ। प्वाल परेको ठाउँमा यसले दाँत लट्ठ पारिदिन्छ। एउटा कपासको डल्लोमा अलिकति भ्यानिला इसेन्स चोपेर प्रभावित क्षेत्रमा लगाउनुभयो भने पीडा हराउँछ।

ल्वाङको तेल दाँतको समस्या समाधान गर्ने सबभन्दा पुरानो औषधि हो। यसमा भएको औषधीय गुणका कारण प्वालले गर्ने झमझमलाई घटाउँछ। कपासमा तेल हालेर प्वाल बनेको ठाउँमा हाल्नुस्। तेल ननिल्नुहोला। यसो गर्दा पनि पीडा र झमझमबाट मुक्ति पाइन्छ । (एजेन्सीको सहयोगमा)