४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

भरतपुरमा केन्द्रित स्थानीय निर्वाचन

भरतपुरमा केन्द्रित स्थानीय निर्वाचन
अ+ अ-

काठमाडाैं । आजबाट गन्दा स्थानीय तह निर्वाचन अब हप्ता दिनमा झरेको छ । अबको आठ दिनमा अर्थात् आगामी बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन लागेको छ । देश निर्वाचनमय भएको छ र बाह्य तथा आन्तरिक वातावरण पनि निर्वाचनमा केन्द्रित हुन पुगेको छ । तर यसो हेर्दा चुनाव अन्यत्र भन्दा पनि भरतपुरमा मात्र आएको हो कि भन्नेजस्तो देखिँदैछ । भरतपुर महानगरमा निर्वाचनको माहोल हेर्दा देशमा अन्यत्रको चुनावी तयारी कुनै सरगर्मी पो होइन कि भन्ने देखिन्छ ।

आज भरतपुर महानगरपालिकालाई नै केद्रित गरेर चुनावी सभा हुँदैछ । त्यसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै त्यहाँ पुगेका छन् । उनी हिजै भरतपुर पुगेर बास बासेका छन् । साथै सत्तारुढ गठबन्धनका नेताहरु माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल पनि त्यहाँ पुगिसकेका छन् । आज सत्तारुढ गठबन्धनले भरतपुर महानगरपालिकामा आमसभा गर्दैछ ।

यहाँ माओवादी अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल मेयरमा उम्मेदवार भएकी छिन् । त्यसैले पनि भरतपुर महानगरको मेयर पदको निर्वाचन अरुतिरको भन्दा बढी गह्रुँगो हुँदैछ । सत्तारुढ गठबन्धनका तर्फबाट रेनु साझा उम्मेदवार भएपनि यहाँ कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले विद्रोह गरी मेयरमा उम्मेदवारी दिएका छन् । जित्ने निश्चित नभए पनि गठबन्धनकी उम्मेदवार रेणुलाई हराउन पौडेलले भूमिका खेल्न सक्छन् जसका कारण सत्तारुढ गठबन्धनलाई भरतपुरको चुनाव नै फलामको च्युरा बन्दै गएको छ ।

कांग्रेसबाट विद्रोही उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई मनाउन अनेक प्रयास गरे पनि उनले उम्मेदवारी फिर्ता लिन मानेनन् । उनको उम्मेदवारी फिर्ता गराउन पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले निकै प्रयास गरे । प्रचण्ड पौडेलको घरसम्मै पुगे । गृहमन्त्री बालकृष्ण खाँड र राज्यमन्त्री उमेश श्रेष्ठले पनि निकै प्रयत्न गरे । तर पनि उनले उम्मेदवारी फिर्ता लिएनन् । बरु उनलाई चितवनका धेरै कांग्रेसीजनले साथ दिएका छन् । साथ दिएका मात्र होइन, जित्ने दाबी पनि गरेका छन् ।

अहिले मुख्यतः तीन उम्मेदवारबीच चितवनमा घम्साघम्सी जारी छ । नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाएको छ र उनलाई राप्रपाले सघाएको छ । त्यसैले उनी निकै शसक्त उम्मेदवार मानिन्छन् । रेणु दाहालले गत निर्वाचनमा पनि नेपाली कांग्रेसको समर्थनमा मेयर पदमा विजयी भए पनि यस बीचमा उनले चितवनमा राम्रै काम गरेर स्थानीयमाझ आफूलाई स्थापित गरेको मानिदैछ । अहिले कांग्रेसको पूर्ण समर्थन नभए पनि उनी सशक्त उम्मेदवार हुन् । अर्कातिर जगन्नाथ पौडेलको स्थिति के हो भन्ने स्पष्ट भइसकेको छैन । जित्ने सम्भावना नभए पनि रेणु दाहाललाई हराउन उनको भूमिका हुन सक्ने आकलन छ ।