९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटु रोग भएको यसरी थाहा पाउनुहोस्, यी संकेत देखाउँछ



अ+ अ-

काठमाडौं । मुटुका धेरै रोगहरू हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरू पनि हुन्छन्। खासगरी मुटु रोग तीन प्रकारका हुन्छन् । बच्चा, वयष्क र प्रौड एवं पाको व्यक्तिलाई लाग्ने ।

पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाको संख्या पनि निकै ठूलो छ । २५ बर्षभन्दा कम उमेरका तन्नेरी समेत मुटु रोगको जोखिममा छन् । कतिपय उपचार गराइरहेका छन् । कति जटिल शल्यक्रियाको अवस्थामा गुज्रिरहेका छन् । यसको अर्थ के भने, मुटु रोग भन्नसाथ कुनै उमेर समूहमा लाग्ने होइन । बुढापाकालाई मात्र मुटु रोग लाग्छ भन्ने होइन । नवजवानलाई पनि यो रोगले गलाउन सक्छ ।

यस्तो संकेत देखाउँछ :

आफुलाई मुटु रोग छ कि ? यो प्रश्नको उत्तर दिन हाम्रो शारीरिक अवस्था नियाल्नुपर्छ । मुटु रोग लागेको अवस्थामा मुटुको देव्रे भाग दुख्ने गर्छ । त्यसपछि यो दुखाई सरेर देव्रे च्यापुसम्म पुग्छ ।

मुटुमा समस्या भएकालाई सामान्य काम गर्न पनि गाह्रो हुन थाल्छ । गह्रौ काम गर्दा दुखाईको मात्रा बढेर जान्छ । यस्तो अवस्थामा हिँडडुल गर्न पनि गाह्रो हुने गर्छ ।

पहिले तीन तला सिंढी चढ्दा पनि केही नहुनेलाई एक तला पार गर्न गाह्रो पर्छ भने उसलाई कुनै न कुनै खालको मुटु रोग लागेको हुन सक्छ । मुटुको समस्या भएका मानिसलाई सामान्य काम गर्दा पनि अत्याधिक थकाईको अनुभुति हुन्छ ।

हृदयघात हुनुभन्दाअघि छातीमा सहन नसक्ने पीडा हुन्छ । यसका साथै पेटको माथिल्लो भाग दुख्ने, अत्याधिक पसिना बग्ने, वाकवाकी लाग्ने, बान्ता हुन जस्ता समस्या हुन्छन् । यस्तो समस्या भएमा तत्काल चिकित्सककहाँ जानुको विकल्प हुँदैन । अलिकति पनि ढिलो भयो भने ज्यानै जाने खतरा हुन्छ ।

युवाअवस्थामा मुटुको भल्व विग्रने समस्या पनि हुन्छ । जसलाई मेडिकल भाषमा रेम्याटिजम डिजिज भन्ने गरिन्छ । बाथ, ज्वरोको समस्याले यस्तो डिजिज हुन्छ । र, विस्तारै भल्व नै ड्यामेज हुन जान्छ ।

यस्तो अवस्थामा मुटु ढुकढुकी तीब्र गतिमा बढेको अनुभुति हुन्छ । छातीमा हात राख्न यसको सहजै अनुभव गर्न सकिन्छ । छाती भारी भएर आउने, खुट्टा सुन्निने पनि समस्या हुन्छ । कसैकसैको पेट पनि फुलेर आउने गर्छ ।

मुटुको समस्या भएका मानिसको श्वासप्रश्वासमा पनि समस्या देखिन्छ । छिट्छिटो स्वास फुलेर आउछ भने मुटु रोग लागेको हुन सक्छ ।

कतिपयमा बंशाणुगत मुटु रोगको समस्या पनि हुन सक्छ । गर्भबाटै मुटुको समस्या बोकेर आएका बच्चाहरुको शारिरिक बृत्ती विकासमा समस्या हुने, हात खुट्टा वा पुरै शरीर पहेंलिएर जानेजस्ता समस्या देखिन्छन् । बंशाणुगत समस्याको कारण मुटु रोग भएमा बच्चाका तौल पनि नबढ्ने समस्या हुन्छ ।

खासगरी शरीरको तौल, सुगर, कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा नराख्दा जुनसुकै उमेरका मानिसलमा पनि मुटु रोगको अत्याधिक सम्भावना हुन्छ ।

अत्याधिक धुम्रपान, खैनी सेवन गर्ने मुटु रोगको उच्च जोखिममा हुन्छन् । विभिन्न अनुसन्धानले नै भनेको छ की अत्याधिक धुम्रपान सेवन गर्नेहरु ५० वर्षभन्दा कम उमेरबाटै मुटु रोगको शिकार हुने गर्छन् । (एजेन्सीको सहयोगमा)