२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराते खेलाडी सुमन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन जर्मनी जाँदै



अ+ अ-

काठमाडौं । चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिमल्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन् । अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा स्वछम गुरुङ छन् । टोलीको हवाइ टिकट गोंगबुस्थित सागा एड्भन्चर टुर्स एन्ड ट्राभल्सले प्रायोजन गरिदिएको हो ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टोली बिहीबार राती ११ बजे टर्किस एयरलाइन्सबाट जर्मनी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।