३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू मनोनयन गर्दै



अ+ अ-

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैहुनुहुन्छ ।  उच्च कानूनी पदमा मनोनयनका लागि  विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणमा प्रवेश गरेको बताइएको छ। 

ह्वाइट हाउसले मंगलबार घोषणा गरेको नामअनुसार ती उमेद्वारहरूले हवाई, रोड आइल्याण्ड, उत्तरी क्यारोलिना, कोलोराडो, ओहायो, भर्मन्ट र युएस भर्जिन टापुहरूमा संघीय अभियोजकको कार्यालयहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ। 

न्याय विभागका ९३ न्यायाधिवक्ताहरू संघीयस्तरमा आपाराधिक कार्यको अभियोजनका लागि सम्बन्धित जिल्लाहरूमा जिम्मेवार हुनेछन् । जसबाट बाइडेन प्रशासनलाई केन्द्रमा अपराध नियन्त्रणका लागि सहयोगी हुनेछ। बाइडेन प्रशासनका अनुसार ती उमेद्वारहरूको छनोट तिनीहरूको न्यायिक दक्षता, समर्पण, पेशागत क्षमता, अनुभव र स्वतन्त्र न्यापालिकाका लागि गरेको प्रतिबद्धताका आधारमा गरिनेछ । (रासस-एपी)