• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु ★   विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो ★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला ★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल

वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको खेल रद्द



काठमाडौँ । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टि–२० खेल रद्द भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो ।

ब्याटिङका लागि मैदानमा उत्रिएको जिम्बावे ‘ए’ ४.३ ओभरमा २ विकेटको क्षतिमा ४८ रन बनाउँदा पानी पर्न थालेपछि केही बेर खेल रोकिएको थियो ।

त्यसपछि केही बेर पानी रोकिएपछि अम्पायरले २ ओभर घटाएर खेल खेलाउने निर्णय गरेका थिए । दिउँसो २ः२० मा खेल खेलाउन लाग्दा पुनः भीषण वर्षा भएपछि खेल स्थगित गर्नुपरेको हो ।

जिम्बावे ‘ए सँग तीन खेलको टि–२० सिरिज खेलिरहेको नेपालले तेस्रो खेल बुधबार खेल्नेछ । यसअघि पहिलो खेलमा नेपाल जिम्बावे ए सँग ६ विकेटले पराजित भएको थियो ।