९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार करोड कमाउने चौथो भारतीय फिल्म बन्यो केजीएफ–२



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘केजिएफ–च्याप्टर २’ एक हजार करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । साउथ स्टार यश अभिनित यो फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रूपैयाँ ग्रस कलेक्सन गरेको हो ।

यो फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतकै चौथो फिल्म बनेको छ । यसअघि ‘दंगल’ ले दुई हजार २४ करोड, ‘बाहुबली २’ ले एक हजार ८१० करोड र ‘आरआरआर’ ले एक हजार ११५ करोडसम्मको व्यापार गरेको थियो ।

यीमध्ये तीन फिल्म दक्षिण भारतीय हुन् भने दंगल मात्रै बलिउड फिल्म रहेको छ ।

प्रशान्त नीलको निर्देशनमा बनेको केजीएफ–२ मा यशका अलावा। सन्जय दत्त, रविना टण्डन, श्रीनीदि शेट्टी, प्रकाश राज लगायत प्रमुख भूमिकामा छन् ।