३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाले हानेको ब्यालेस्टिक क्षेप्यास्त्र हालै निर्माण गरिएको भनाई



अ+ अ-

प्योङयाङ । उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको एक आणविक क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो । उत्तर कोरियाले मंगलबार सो क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको थियो । तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन । यस क्रममा उत्तर कोरियाली सरकारले उक्त क्षेप्यास्त्र हालसालै मात्र बनाएको जानकारी सो समाचार समितिले बुधबार दिएको हो ।

समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले मंगलबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको थियो । जापानले सो क्षेप्यास्त्र आफ्नो समुद्रमा खसेको जनाएको थियो । सो क्षेप्यास्त्र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ । हिजो उत्तर कोरियाले पुनः क्षेप्यास्त्र हानेको समाचारलाई विश्वका समाचार समितिहरूले सम्पे्रषण गरेका थिए । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको थियो ।

जापानले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको र उक्त क्षेप्यास्त्र आफ्नो देशको सीमा भित्रको समुन्द्रमा खसेको बताएको थियो ।     सो क्षेप्यास्त्र जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा खसेको अनुमान गरिएको थियो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ ।