१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो उम्मेदवार नभएको ठाउँमा सूर्यमा मतदान गर्न राप्रपा नेपालको अपिल



अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आफ्ना उम्मेदवार नभएको ठाउँमा नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा मतदान गर्न आह्वान गरेको छ।

आइतबार बसेको राप्रपा नेपालका सचिवालयको बैठकले ‘तीर’ चिह्नका उम्मेदवार नभएको ठाउँमा सूर्यमा मतदान गर्न आह्वान गरेको हो ।

यस्तै, राप्रपा नेपालले किसानलाई कृषि मल तत्काल उपलब्ध गराउन र दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।