२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे



अ+ अ-

काठमाडौं: प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई अघि बढाएर मात्रै विकास, निर्माणको कामलाई अघि बढाउने सकिने उल्लेख गरिएको स्मरण गराउँदै उहाँले सोही नीति अनुसार सरकारले अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

ताप्लेजुङ सरोकार केन्दले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदले विकास निर्माणको कामलाई अघि बढाउने गरी कानून निर्माण गर्ने काममा ध्यान दिने दावी समेत गर्नुभयो । उहाँले विकास, निर्माणको काममा अवरोध आउने खालका तर्कहरु नगर्न पनि सबै पक्षलाई सचेत गराउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, म अहिले जुन जिम्मेवारीमा छु । नीति निर्माण गर्ने ठाउँको नेतृत्व गर्ने अथवा त्यसलाई सञ्चालन गर्ने सभामुखको हैसियतमा छु । हाम्रा नीतिहरु कसरी निर्माण भईरहेका छन, अथवा नीतिको अभावमा विकास निर्माणमा के असर परिरहेको छ ? यसको आधारमा हामीले संसदमा विधेयकहरु ल्याउने वा ल्याउन लगाउने र ल्याएका विधेयकहरुलाई छलफल गरेर ऐन बनाउने र ऐनलाई कानून बनाएर कार्यान्वयन गर्नका लागि सरकारलाई सहयोग गर्ने वा सरकारको कामको सर्वेक्षण गर्ने दायित्व नै संसदको हो । प्राईभेट क्षेत्रलाई प्रोत्साहित गर्ने, प्रवद्र्धन गर्ने कामहरु गरेमात्रै राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने कुरा संसदमा भर्खरै पारित गरेको यही बजेट अधिवेशनको नीति तथा कार्यक्रमले ल्याएको छ । प्राइभेट  सेक्टरका अप्ठयाराहरु के छन भन्ने बारेमा ध्यान दिन आवश्यक छ ।

सभामुख घिमिरेले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने गरी कानून निर्माण र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । —न्युज एजेन्सी नेपाल