११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे



अ+ अ-

काठमाडौं: प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई अघि बढाएर मात्रै विकास, निर्माणको कामलाई अघि बढाउने सकिने उल्लेख गरिएको स्मरण गराउँदै उहाँले सोही नीति अनुसार सरकारले अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

ताप्लेजुङ सरोकार केन्दले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदले विकास निर्माणको कामलाई अघि बढाउने गरी कानून निर्माण गर्ने काममा ध्यान दिने दावी समेत गर्नुभयो । उहाँले विकास, निर्माणको काममा अवरोध आउने खालका तर्कहरु नगर्न पनि सबै पक्षलाई सचेत गराउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, म अहिले जुन जिम्मेवारीमा छु । नीति निर्माण गर्ने ठाउँको नेतृत्व गर्ने अथवा त्यसलाई सञ्चालन गर्ने सभामुखको हैसियतमा छु । हाम्रा नीतिहरु कसरी निर्माण भईरहेका छन, अथवा नीतिको अभावमा विकास निर्माणमा के असर परिरहेको छ ? यसको आधारमा हामीले संसदमा विधेयकहरु ल्याउने वा ल्याउन लगाउने र ल्याएका विधेयकहरुलाई छलफल गरेर ऐन बनाउने र ऐनलाई कानून बनाएर कार्यान्वयन गर्नका लागि सरकारलाई सहयोग गर्ने वा सरकारको कामको सर्वेक्षण गर्ने दायित्व नै संसदको हो । प्राईभेट क्षेत्रलाई प्रोत्साहित गर्ने, प्रवद्र्धन गर्ने कामहरु गरेमात्रै राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने कुरा संसदमा भर्खरै पारित गरेको यही बजेट अधिवेशनको नीति तथा कार्यक्रमले ल्याएको छ । प्राइभेट  सेक्टरका अप्ठयाराहरु के छन भन्ने बारेमा ध्यान दिन आवश्यक छ ।

सभामुख घिमिरेले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने गरी कानून निर्माण र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । —न्युज एजेन्सी नेपाल