१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका



file photo
अ+ अ-

काठमाडौँ । सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ ।

नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो ।

पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो ।

पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८० हजार ४ सय ९५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

यसैबिच बढ्दो बहावलाई मध्यनजर गर्दै भारतीय पक्षले समेत अलर्ट जारी गरेको छ ।

जल संसाधन विभाग पटनाले विशेष बुलेटिन जारी गर्दै कोशीको बहाव ६ लाख ८१ हजार ६ सय ३९ क्युसेकसम्म पुग्ने अनुमान गरेको छ ।