११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपा मेयरका उम्मेदवार सृजना सिंहको प्रतिवद्धता, ‘भ्रष्टाचारमुक्त महानगर’ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सृजना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

शनिबार नेपाली काँग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताउनु भएको हो । उहाँले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने बताउनु भयो ।

सिंहले सबै महिलाहरुको भावनालाई कदर गरेर अघि बढने योजना पनि सुनाउनु भयो । उहाँले भन्नु भयो, ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनु पर्नेछ । आईटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु । महिलाहरुको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु ।’

सिंहले आफूलाई नेपाली काँग्रसले सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाएको बताउनु भयो । सुरुमा मेयरका लागि नेपाल महिला संघ, काठमाडौंले प्रस्ताव गर्दा आफ्नो श्रीमान प्रकाशमान सिंहलाई थाहा नै नभएको उहाँको दावी थियो । सिंहले भन्नु भयो, ‘मलाई थाहा थिएन । मेरो श्रीमानलाई त झन थाहा हुनै कुरै भएन । नेपाल महिला संघ, काठमाडौंमा मलाई मेयरमा उठनुपर्छ भनेर स्वतहःस्फूत रुपमा कुरा उठाएको हो । सधैभरी आरक्षणको कोटामा मात्रै महिलाहरु बस्नुपर्ने ।

अव मेयर र वडाध्यक्षहरु नै उठनुपर्छ र त्यसमा मेयरमा सृजना भाउजुलाई उठाउनुपर्छ भनेर नेपाल महिला संघ, काठमाडौले मलाई प्रस्ताव गरेको हो । त्यसपछि मेरा साथीहरुको पनि प्रेसर आयो । नेविसंघसहितका पार्टीको सबै भातृ संस्थाहरुबाट पनि दवाव आउन थाल्यो । पार्टीले सर्वसम्मत निर्णय गरेर मलाई मेयरको उम्मेदवार बनाएको हो । हो म गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती हुँ । त्यसमा मलाई गर्व छ ।’

गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवारी नभएको सिंहले बताउनु भयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनु भएका गणेशमान, मंगलादेवी र प्रकाशमान सिंहको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताउनु भयो ।




भर्खरै