२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला पाल्मा ज्वालामुखी : लाभा महासागरमा पुग्दा विषाक्त ग्यासको त्रास



अ+ अ-

बीबीसी । स्पेनको ला पाल्मा टापुस्थित अहिले फुटिरहेको अर्थात् सक्रिय ज्वालामुखीबाट बहेको लाभा अहिले एटलान्टिक महासागरमा पुगेको छ। त्यसले विषाक्त ग्यास उत्सर्जन हुने र विस्फोट हुने त्रास पैदा भएको छ।

प्लाया नुएभा क्षेत्रमा महासागरको पानीमा रातो लाभा मिसिँदा बाफको बादलजस्तो आकारको मुस्लो माथि गइरहेको देखिएको छ।

यसले रासायनिक प्रतिक्रिया हुनसक्छ। त्यसमा क्लोरिन हुने भएकाले वरपरका मानिसमा छाला र आँखा चिलाउन सक्ने र श्वास प्रश्वासमा समस्या आउन सक्ने बताइएको छ।

सेप्टेम्बर १९ मा उक्त ज्वालामुखी फुटेपछि सयौँ घरहरू ध्वस्त भएका छन्। लाभाले घरहरू, स्कुलहरू र केरा घारीहरू ध्वस्त बनाएपछि करिब छ हजार मानिसलाई उद्धार गरिएको छ।

लाभा स्थानीय समय अनुसार मङ्गलवार ढिलो गरी महासागरमा पुगेको केनरी आइल्यान्ड्स भोल्क्यानिक इन्स्टिच्यूट इन्भोल्क्यानले ट्वीट गर्दै जनाएको छ।

समुन्द्र तटको केही क्षेत्र ध्वस्त हुने र त्यसले विस्फोटन पनि निम्त्याउन सक्ने त्रास छ।

तीनवटा तटीय गाउँहरूमा लाभाले स्थानीय पानीका स्रोत प्रदूषित पारिदिएको आशङ्कामा लकडाउन गरिएको छ।

स्पेनका अधिकारीहरूले सुदूर उत्तरी टापुमा ला पाल्मामा ज्वालामुखी विस्फोट भएपछि त्यसलाई प्राकृतिक प्रकोप क्षेत्र घोषणा गर्दै प्रभावित सबैलाई आर्थिक सहायता उपलब्ध गराउने बताएका छन्।