११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशका मुख्यमन्त्री भन्छन्- श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको आवश्यकता



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

श्रमजीवीहरुले सङ्घर्ष गरेर स्थापित गरेको दिन मे १ अर्थात ११३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश, विदेश तथा कर्णालीवासी सम्पूर्ण श्रमिक वर्गलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले श्रमिकको महत्वपूर्ण योगदानले आजको व्यवस्थामा आइपुगेको बताउनुभयो ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुएको छ, “मुलुकको प्रगति र उन्नतिका लागि निरन्तर कर्म क्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकप्रति उच्च सम्मान प्रकट गर्दछु । श्रमिकको अधिकार सुनिश्चित् गर्न र सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्दछ ।” यद्यपि नेपालको संविधानको मौलिक हकमा श्रम र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतका श्रम अधिकार सार्थकरुपमा प्रयोग गर्न सक्ने प्रेरणा श्रमिक दिवसबाट मिल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।




भर्खरै